मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईदले धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने देउवाको विश्वास

ईदले धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने देउवाको विश्वास

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व ईदले सम्पूर्ण जातजाती र धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन देउवाले आग्रह पनि गरेका छन् ।

ईदको अवसरमा सबै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै देउवाले पवित्र ईद पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका अनलाइन खबरमा समाचार छ ।