मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिपीले अन्त्य गरेको छुवाछुतले अझै हट्न नसक्नु दु:खद् : नेता महर

बिपीले अन्त्य गरेको छुवाछुतले अझै हट्न नसक्नु दु:खद् : नेता महर

सुदूर आज

काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महरले बिपी कोईराला नेतृत्वको सरकारले छुवाछुत प्रथाको अन्त्य गरेको धेरै दशक भैसके पनि आजसम्म यसले कलंकका रुपमा समाजमा जरा गाडेर बस्नु दुखद् भएको बताए।

जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुमपश्चिमको चौरजहारीकी सुष्मा मल्लबीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। गहिरो माया बसेका उनीहरूले विवाह बन्धनमा बाँधिने निर्णय गरेकैले केटी पक्षले दलित भएकै निहुँमा कुटेर हत्या गर्नु निन्दनीय भएको नेता महरले बताए।

बेहुली लिन गएका जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको शव शुक्रबार बिहान भेरी नदी किनारमा भेटियो। गाउँलेहरूको कुटाइबाट नवराजसँगै अर्को एक जनाको मृत्यु भएको हुनु र ४ जना वेपत्ता पारिएको घटना वर्वर र आपत्ति जनक रहेको नेता महरले बताए।

निश्चपक्ष छानवीन गरि दोषीमाथी कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। १३ प्रतिशतभन्दा बढ़ी जनसंख्या रहेको दलित समुदायमाथी बेला-बेला हुने यस्ता हिंसाले डरलाग्दो रुप लिइरहेको उनले बताए।

समाज शिक्षित बन्दै जाँदा यस्ता प्रथाको अन्त्य हुनुपर्नेमा समाजमा रुढिग्रस्त सोच कायमै रहनु चिन्ताको बिषय भएको उनको भनाइ छ।