मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरस विरुद्ध उच्च सर्तकर्ता अपनाउन काग्रेस अछामको आग्रह (विज्ञप्तीको पुर्णपाठ सहित)

कोरोना भाईरस विरुद्ध उच्च सर्तकर्ता अपनाउन काग्रेस अछामको आग्रह (विज्ञप्तीको पुर्णपाठ सहित)


अछाम – नेपाली काग्रेस अछामले कोरोना भाईरस कोभिड १९ को सक्रमणको जोखिम बढिरहेका बेला उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

नेपाली काग्रेस अछामले आज एक प्रेस बिज्ञप्ती जारी गर्दे बिषेश गरी भारतमा गाउ फर्किएकाहरुलाई मुलुकको बिषम परिस्थीतिलाई बुझि कम्तीमा पनी १४ दिनसम्म क्वारेन्टाईनमा बसिदिन आग्रह गरेको छ ।

सभापति भरत कुमार स्वार र सहसचिब बेदप्रकाश तिमिल्सेनाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा घरको आगन,घरको छेउछाउमा खन्दा भेटिएको कोईला लगाएमा कोरोना सक्रमण नहुने जस्ता भ्रामक हल्ला फैलिरहेकोले त्यसको पछाडि नलाग्न र लक डाउनको पुर्ण पालना गर्न अपिल गरिएको छ ।

बिज्ञप्तीमा कोरोना बिरुद्धको अभियानमा लाग्न सम्पुर्ण कार्यकर्तालाई भनिएको छ । जिल्लामा केन्द्र र प्रदेश सरकारको गैरजिम्मेवार प्रवृत्तिका कारण कोरोना कोभिड–१९ को रोकथाम र उपचारमा चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायता अत्यावश्यक सामाग्री जिल्लाका अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन, आइसोलेसन केन्द्र , सहायता कक्षमा उपलब्ध हुन नसकेको भन्दै तत्काल उपलब्ध गराउन बिज्ञप्ती मार्फत माग गरेको छ ।