मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरस संकास्पद व्यक्तीलाई जिल्ला बाहिर लैजानु परे गाडीको खर्च ट्रेड युनियन कांग्रेस अछामले व्यहोर्ने (बिज्ञप्तीको पूर्णपाठ सहित)

कोरोना भाईरस संकास्पद व्यक्तीलाई जिल्ला बाहिर लैजानु परे गाडीको खर्च ट्रेड युनियन कांग्रेस अछामले व्यहोर्ने (बिज्ञप्तीको पूर्णपाठ सहित)


अछाम / नेपाल ट्रेड युनियन कांग्रेस अछामले आज एक प्रेस बिज्ञप्ती जारी गर्दे अछाम जिल्लाबाट कुनै पनि कोरोना सम्बन्धी संकास्पद व्यक्तीलाई जिल्ला बाहिर लैजानुपर्ने अवस्थामा लाग्ने गाडीको खर्च ट्रेड युनियन कांग्रेस अछामले व्यहोर्ने जनाएको हो ।

अछामबासी दाजुभाई, दिबिहिनी तथा आमाबुवहरुले स्वास्थ्यबर्दक खानपिनमा र सरसफाईमा बिशेष ध्यान दिनुका साथै सुरक्षित स्थानमा घरमै बस्न हुनु नेपाल ट्रेड युनियन कांग्रेस अछामका अध्यक्ष चित्रराज बजगाई र प्रवक्ता सुशिल भण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस अछामद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, भारतमा कोरोनाको भाईरसको संक्रमण फैलिएर केहीको मृत्यु समेत भईसकेको अवस्थामा छिमेकी देशबाट नजिकैका नाका बाट नेपालमा पनि यसको संक्रमण भित्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सबै नागरिकले आआफ्नो ठाँउमा साबधानी अपनाउनु पर्ने छ ।

भिडभाडमा नजान, अत्यावश्यक काममा निस्किुन परेमा माक्स लगायतका व्यक्तीगत सुरक्षाका सामाग्री प्रयोग गरेर मात्र निस्कन नेपाल ट्रेड युनियन कांग्रेस अछामले बिज्ञप्ती मार्फत अपिल गरेको छ ।