मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोराना भाईरसबाट बच्न सबैले चिकित्सकीय सुझावको पालना गर्नुपर्ने : कांग्रेस उपसभापति ढुंगाना

कोराना भाईरसबाट बच्न सबैले चिकित्सकीय सुझावको पालना गर्नुपर्ने : कांग्रेस उपसभापति ढुंगाना


अछाम – नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुंगानाले सरकारले जारी गरेको चिकित्सकीय सुझावको पूर्ण पालना गरी जिम्मेवार नागरिक बन्न सबैमा अपिल गर्नु भएको छ ।

यूवा नेता ढुंगानाले आज एक अपिल नोट जारी गर्दै सरकारले कोराना भाईरस नियन्त्रण गरि जनतालाई रोग लाग्न नदिन गरेका निर्णयहरु हामि सबैले पालन गरि आफु र अरुलाई बचाउन सहयोग गर्नु सबैको दायित्व र मानवीय धर्म भएको उल्लेख गरेका छन् ।

रामनवमी अन्र्तगत चैते दशैँको लागि घर फर्किएका र कोरोना भाईरसबाट आफु र आफनो परिवारको सुरक्षार्थ बिदेशबाट गाउँ फर्किनु भएका सम्पूर्ण आम जनसमुदायलाई वर्तमान गम्भिर परिस्थितिलाई बुझेर सुरक्षित रहन समेत उहाँले आग्रह गर्नुभएको छ ।

साथै उहाँले देश बिदेशमा जो जहाँ रहनु भयको छ सोही ठाउँमा सुरक्षित र स्वस्थ रहन स्वास्थ्यबर्दक खानामा बिशेष जोड दिई सरसफाईमा ध्यान दिन समेत सुझाब दिनुभएको छ ।

उद्योग बाणिज्य संघ अछामका पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले यस बेला व्यावसायिक समुदायहरुले पनि संवेदनशील रहि अत्यावश्यक सेवा प्रदानका लागि सहयोग गर्न समेत आग्रह गर्नुभएको छ ।