मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वप्रधानमन्त्री जीपी कोइरालाको दशौं स्मृति दिवस आज

पूर्वप्रधानमन्त्री जीपी कोइरालाको दशौं स्मृति दिवस आज


काठमाडौं : नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज दशौँ स्मृति दिवस परेको छ । 

कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छैन्। ६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा बिताएका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए।

शासनको विरोध गरेको आरोपमा पिता कृष्णप्रसाद कोइराला देश निकाला भएपछि कोइराला परिवार भारतमा बस्दै आएको समयमा गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते बिहारको सहरसा जिल्लामा भएको थियो। 

वि.सं.२००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरी राजनीति सुरु गरेका थिए। राणा शासन र पञ्चायतविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाएका कोइरालले राजतन्त्रविरोधी आन्दोलनको नेतृत्व गर्दै मुलुकमा गणतन्त्र स्थापनाका लागि मुख्य भूमिका निर्वाह गरेका थिए। 

कोइरालाले युद्धरत तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याई बृहत शान्ति सम्झौतामा हस्ताक्षर गराउने काम गरेका थिए।  उनलको ८५ वर्षको उमेरमा २०६६ साल चैत ७ गते काठमाडौंको मण्डिखाटारस्थित छोरी सुजाता कोइरालको निवासमा निधन भएको थियो।