काठमाडौं- नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई फेरि एक पटक स्पष्टीकरण सोध्ने भएको छ। आज (सोमबार) बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकले कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिँदा फ्लोर क्रस गर्ने नेता…