मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनियमितताका विरुद्ध सधैँ कलम चलाउन महासंघ अछामलाई पूर्व जिविस सभापति स्वाँरको आग्रह

अनियमितताका विरुद्ध सधैँ कलम चलाउन महासंघ अछामलाई पूर्व जिविस सभापति स्वाँरको आग्रह


अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

कांग्रेसको सुबेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासंघमा जित हासिल गरेको भन्दै सम्मान गरिएको कांग्रेस अछामले जनाएको छ ।

बुधबार मंगलसेनमा भौतिक दुरी कायम गर्दै एक कार्यक्रमका बिच महासंघमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको कांग्रेस अछामका सहसचिव एवंम प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले बताए ।

उनिहरुलाई सम्मान स्वरुप खादाँ र अविर लगाएर पार्टी सभापति भरत कुमार स्वाँर, पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, महासमिती सदस्य अम्बिका चलाउने, उपसभापती नयाँराम बजगाँई, सचिव नमबहादुर शाही लगायतले बधाई ज्ञापन गरेका थिए ।

यूनियनको प्रतिनिधित्व गर्दै महासंघमा जित हासिल गरेको भन्दै सभापति भरत कुमार स्वाँरले बधाई दिदैँ जिल्लमा उल्लेख काम गर्न सल्लाह दिएका थिए ।

पूर्व जिविस सभापती समेत रहेका स्वाँरले पत्रकार समाजको आँखा भएको भन्दै समाज परिर्वतन र विकासमा पक्षमा वकालत सदैब क्रियाशिल र कुसंस्कार, कुरिती, अनियमितता र भ्रष्टचारका बिरुद्ध कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँरले महासंघ चुनाव पहिले जेजस्तो भएपछि चुनाव पछि साझा चरित्रका रुपमा क्रियाशिल हुनुपर्ने धारणा राखे । जिल्लाका सबै पत्रकारहरुलाई समेटर काम गर्न उनले आग्रह गरे ।

महासंघ अछामका नवनिर्वाचति अध्यक्ष खम्म सिंह खत्रीले सबै पत्रकाहरुको साझा संगठन भएकाले त्यही किसिमले आफु अगाडी बढ्जे प्रतिबद्धता जनाए । महासंघ सबै संग हातेमालो गर्दै अघि बढ्ने उनको भनाई थियो ।