मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन दाबी पेस

लुम्बिनीमा माओवादीको नेतृत्वमा सरकार बनाउन दाबी पेस


बुटवल– नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ४२ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। 

नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट केसीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दाबी पेस गरेका हुन्।

नेकपा एमालेले बहुमत गुमाएकोले आफूहरुसँग बहुमत रहेको दाबी केसीको छ। हस्ताक्षर गरेका मध्ये तीन सांसदले भने राजीनामा दिएका छन्। एमालेका सांसद दीर्घनारायण पाण्डेले आफूले हस्ताक्षर नगरेको बताएका छन्।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेललाई नियुक्त गरिसकेका छन्। माओवादीसहितको चार दलीय गठबन्धनले भने बहमुत नभएको पार्टीबाट सरकार गठन हुन नसक्ने भन्दै उक्त नियुक्त बदर गर्न माग गरेको छ।