वेदप्रकाश तिमिल्सैना आजभोलि पहाडी जिल्लाको लाइफ लाइन बनेको छ, सडक । पश्चिमी पहाडमा सबैभन्दा पहिले सडक विस्तार सुरु भएको अछाम जिल्लाका सबै ९१ वटा वडासम्म सडक सञ्जाल विस्तार भइसकेको छ । गाउँबस्तीमा सडक विस्तार रोकिएको छैन । सडकको स्तरोन्नति र विस्तार साथसाथै चलिरहेको छ । गाउँमा नुन, तेल, खाद्यान्नलगायत आवश्यक बजारिया सामान किन्न धेरै टाढा जानै पर्दैन…