अन्तरवार्ता / विचार

होरी सकियो विकृती भित्रियो – कर्ण ब: केसी (कुराकानी सहित)

अछाम: सुदूरपहाडमा फागु पुर्णिमा धुमधामका साथ मनाईएको छ । पहाडी जिल्ला अछाम लगायत विभिन्न ठाउँमा फाल्गुन २२ र २३ गते हर्षोल्लासका साथ होली होरी पर्व मनाईएको हो ।

विनायक,तिमिल्सेन,रामारोशन,मंगलसेन लगायतका ठाउँहरुमा विशेषगरी मनाइने होरीमा पछिलो केहि बर्ष यता बिस्तारै मौलिकता हराउँदै गएको पाइएको छ ।
एकआपसमा रंग खेल्दै रंगीन पर्वको रुपमा मनाइने होरी पछिल्लो युवा पुस्ताले चाँसो नदेखाएको भन्दै मंगलसेनका जेष्ठ नागरिक तथा अछामी होरीका जानकार कर्ण बहादुर केसीले चिन्ता व्यक्त गरेका छन् ।

अछामी होरीको इतिहास नजिकबाट बुझेका ७० बर्षीय केसीका अनुसार पछिल्लो दसक चाडपर्वको मौलिकता हराएको छ । सभ्यता विर्सिएको छ । संस्कृतिको हरण भएको छ । साठीको दशकमा खेलिने अछामी होरी र अहिले खेलिने होरी बिच धेरै भिन्नता छ ।

अछामी मौलिक पहिचान संग जोडिएको यस पर्वको पुरानो लय फर्किने सम्भावना निकै कम छ । पछिल्लो युवा पुस्ताले यसको संरक्षण गर्न अपरिहार्य छ ।

कर्ण बहादुर केसी संग हामीले यस पर्वको महत्व र इतिहास बारे कुराकानी गरेका छौँ
सुनौ यो कुराकानी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)