मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदूषणले निम्त्याउन सक्छ आँखामा यस्ता समस्या, कसरी जोगाउने ?

प्रदूषणले निम्त्याउन सक्छ आँखामा यस्ता समस्या, कसरी जोगाउने ?


काठमाडौं । सुख्खायाममा आँखामा विभिन्न समस्याहरु देखिएकोे धेरैको अनुभव हुन्छ । घरबाहिर काम गर्ने व्यक्तिहरुको आँखा चिलाउने, पोल्ने, बिझाउने, पाक्नेजस्ता समस्या अहिलेको मौसममा धेरै देखिएको छ ।

विशेषगरी काठमाडौं उपत्यकाभित्र हिँडडुल गर्नेहरुमा आँखाको समस्या धेरै हुने गरेको पाइएको छ । धेरैजसो यस्ता समस्याहरु सुख्खा आँखाका कारण देखिन्छ भने केहीमा धुलो, घाम र संक्रमणका कारण देखिने गरेको छ । आँखामा पर्याप्त आँशुको मात्रा नहुँदा विभिन्न एलर्जीजन्य समस्याहरु देखिन्छन् ।

यस्ता समस्याको उपचार विशेषज्ञसँगको परामर्शबाटै गर्नुपर्ने हुन्छ । त्यस्तै, धुलोमा खेल्ने बालबालिकाहरुमा पनि एलर्जीको समस्या धेरै देखिन्छ । कतिपय अवस्थामा घरपालुवा जनावरहरुसँगको संसर्गले पनि आँखामा संक्रमण निम्त्याएको पाइन्छ ।

कहिलेकाहीँ घरमै ओछ्याएका कपडाहरु सुकाउने, टक्टक्याउने क्रममा पनि आँखामा संक्रमण हुनसक्छ । यो मौसममा भने बाहिरबाट हुने धुवाँधुलोका कारण आँखामा धेरै समस्या देखिएको छ ।

सिजनल एलर्जी वा सुख्खायाममा मात्रै हुने आँखाको समस्याहरु औषधिबाट निको पार्न सकिन्छ । तर, कतिपय बालबालिकामा भने आँखा चिलाउने, पोल्ने हुन्छ । १६/१७ वर्षसम्म पनि समस्या देखिनसक्छ ।

यस्तो अवस्थामा भने विशेषज्ञकहाँ नै देखाउन हुन्छ । अन्य समयमा समस्या छैन र सिजनल एलर्जी मात्रै छ भने केही महिना औषधि प्रयोग गर्दा निको हुनसक्छ ।

सिजनल एलर्जी र संक्रमणबाट जोगिन हातको सरसफाइमा ध्यान दिने, धुलो, धुवाँबाट जोगिने, सनग्लास प्रयोग गर्ने, मोटरसाइकल चलाउँदा हेलमेटको सिसा राम्रोसँग बन्द गरेर लगाउने, औषधि नियमित लगाउने र विशेषगरी बालबालिकालाई जोगाउनेजस्ता सजगता अपनाउनु पर्दछ ।

(कीर्तिपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. एरिक वैद्यसँगको कुराकानीमा आधारित ।)