मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोग लाग्दै नदिन सावधानी अपनाउनु पर्छ : नगर प्रमुख चलाउने 

रोग लाग्दै नदिन सावधानी अपनाउनु पर्छ : नगर प्रमुख चलाउने 

क्षयरोग, एचआइभी,मलेरिया तथा कोभिड -19 सम्बन्धी आप्रवासीहरूका लागि अभिमुखीकरण कार्यक्रम विनायकमा सम्पन्न


अछाम : पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिन सावधानी अपनाउनु पर्ने बताएकी छन् । 

साेमवार नगरपालिकाको हलमा आयोजित क्षयरोग, एचआइभी,मलेरिया तथा कोभिड -19 सम्बन्धी आप्रवासीहरूका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले स्वस्थ जीवन भए मात्रै सम्पूर्ण कुरा सम्भव हुने भएकाले स्वास्थ्यलाई विशेष ख्याल गर्नु पर्ने उनको भनाइ छ । 

जटिल खालका रोगहरू मानका गलत क्रियाकलाप बाटै उत्पन्न हुने भएकाले विशेष गरी सरसफाइ,खानपिन र अन्य कुरामा ख्याल गर्नु पर्ने उनको जोड छ । 

अभिमुखीकरण कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी नगर प्रमुख चलाउनेले प्रवासबाट भर्खरै आएका सहभागीहरू लाई कार्यक्रम बाट सिकेका कुरा व्यवहारमा पनि लागू गर्न सुझाव दिइन् ।

वाक नेपालको समन्वय र नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा संयोजक जनक बहादुर बुढाले गरेका थिए ।