काठमाडौं- जनस्वास्थ्य विशेषज्ञ एवमं पूर्व स्वास्थ्य सचिव डा द्वारिकानाथ रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार निधन भएको हो। जनस्वास्थ्यका विशेषज्ञ उनी लामो समय त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पहिलो क्याम्पस प्रमुख रहेका डा रेग्मी स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भएका थिए। डा रेग्मीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको…