मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा द्वारिका नाथ रेग्मीको निधन

डा द्वारिका नाथ रेग्मीको निधन


काठमाडौं- जनस्वास्थ्य विशेषज्ञ एवमं पूर्व स्वास्थ्य सचिव डा द्वारिकानाथ रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार निधन भएको हो।

जनस्वास्थ्यका विशेषज्ञ उनी लामो समय त्रिवि शिक्षण अस्पतालमा कार्यरत थिए। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पहिलो क्याम्पस प्रमुख रहेका डा रेग्मी स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भएका थिए। 

डा रेग्मीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ। संघका आजिवन सदस्य डा रेग्मीले नेपालको चिकित्सा शिक्षा र जनस्वास्थ्यका क्षेत्रमा  अतुलनीय योगदान पु¥याएको जनाएको छ।

संघले शोक वतव्य जारी गर्दै इमान्दार, लगनशील र प्रतिष्ठित जनस्वास्थ्य विशेषज्ञलाई गुमाउन परेको उल्लेख गरेको छ। संघले  दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तब्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

No description available.