मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरा अस्पतालले सुरु गर्यो आइसीयू सेवा

डडेल्धुरा अस्पतालले सुरु गर्यो आइसीयू सेवा


डडेल्धुरा : डडेल्धुरा अस्पतालले आइसियूसहितको उपचार सेवा सुरु गरको छ। शुक्रबारदेखि अस्पतालले ११ वेडको आइसीयू र ६ वटा भेन्टिलेटरसहितको उपचार सेवा थपेको बताइएको छ। 

संघीय सरकारको बजेटमा १५ वटा आइसीयू सञ्चालन गर्ने भनिए तापनि भवन अभावका कारण हाललाई ११ वेडको आइसीयू सेवा सुरु गरेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए।

स्थापना भएको ११ वेडको आइसीयू सञ्चालनका लागि जनशक्ति समेत उपलब्ध रहेको उनले बताए।संघीय सरकारले आइसीयू सेवा विस्तारका लागि ३ करोडको बजेट उपलब्ध गराएको थियो। 

अस्पतालले आइसीयू सेवा सञ्चालन गर्दा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीहरुलाई सहज हुने विश्वास लिइएको छ।