मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ६ स्थानिय तहमा आज अस्पताल सिलान्यास हुदै

अछामका ६ स्थानिय तहमा आज अस्पताल सिलान्यास हुदै


अछाम – जिल्लामा थप ६ वटा अस्पताल बन्ने भएका छन् । ३ पालिकामा १५ सैया तथा ३ पालिकामा १० सैयाका गरी ६ वटा अस्पताल बन्न लागेका हुन्। निर्माण हुने अस्पतालको आज मंसिर १५ गते एकै दिन सिलान्यास हुने कार्यक्रम रहेको छ ।

जिल्लाको कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जैयगढ गाँउपालिकामा १५ सैया तथा तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० सैयाको अस्पताल निर्माण हुने भएका छन् ।

कमलबजार र चौरपाटीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नोती गरी १५ सैयाको अस्पताल बनाउने निर्णय यसअघि नै भएपनि हाल स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचीमा समेत समाबेश गरिएका कारण ति ठाँउमा समेत घोषणाको कार्यक्रम तय भएको छ ।

आज बिहान ढकारी गाँउपालिका, दिउसो तुर्माखाँद गाँउपालिका हुदै कमलबजार नगरपालिका र पनचदेवल विनायक नगरपालिकामा अस्पताल सिलान्यास गर्ने कार्यक्रम तय भएको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए । ति ठाउमा प्रतिनिधि सभा सदस्य माननीय यज्ञ बोगटीले घोषणा कार्यक्रमको तयारी समेत भईरहेको अध्यक्ष शर्माले बताए ।

बान्नीगढी जयगढ गाँउपालिकामा बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास प्रतिनिधि सभा सदस्य माननीय राम बहादुर बिष्टले सिलान्यास गर्ने तकार्यक्रम रहेको पालिका अध्यक्ष राजेन्द्र खड्काले बताए । यस्तै चौरपाटी गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरउन्नोती गरी बन्न लागेको १५ सैयाको अस्पतालको सिलान्यास राष्टिय सभाका सदस्य माननिय शेरबहादुर कुवँरले उद्घाटन गर्ने पालिका अध्यक्ष हर्क बहादुर साँउदले बताए ।

जिल्लाका दुई गाँउपालिका रामारोशन र मेल्लेख गाँउपालिकामा भने मन्त्रालयले जारी गरेको सुची समाबेश नभएको पाईएको छ । यद्यपी ति दुई गाँउपालिकामा ५ बेड संचालन गर्ने गरी कोभिड बिशेष अस्पताल भने संचालनमा आएका छन् । । संघिय तथा प्रदेश सरकारको आर्थिक सहयोगमा ५ बेडको कोभिड बिशेष अस्पताल संचालनमाआएका रामारोशन गाउँपालिका अध्यक्ष झंकर साँउदले बताए ।

अछामका मुख्य दुई नगरपालिकामा भने यसअघै नै अस्पताल संचालमा रहेका छन् । जिल्लाको मंगलसेन नगरपालिकामा जिल्ला अस्पताल संचालनमा रहेको छ भने साँफेबगर नगरपालिकामा ५० बेडको बयालपाटा अस्पताल संचालनमा रहेको छ । १५ सैयाको जिल्ला अस्पतालललाई पनि ५० सैयाको अस्पतालका रुपमा घोषणा गरिनेछ ।

अस्पताल नभएका देशैभरका पालिकाहरुमा सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ । सबै नागरिकलाई सहज आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्य सहित सरकारले अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी गरेको हो ।

विभिन् पालिकामा निर्माण हुने ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ । यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशका सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । ७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै  छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो।

प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ। पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ।