मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

द स्टार मोबाईल ग्यालरीका प्रोप्राईटर बोगटीद्धारा जन्मदिन बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

द स्टार मोबाईल ग्यालरीका प्रोप्राईटर बोगटीद्धारा जन्मदिन बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान


अछाम । द स्टार मोबाईल ग्यालरीका प्रोप्राईटर मिन बहादुर बोगटीले बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेका छन् । बोगटीले आफ्नो जन्म दिनको अवसर पारेर अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री दिएका हुन् ।

नेपाल कम्प्युटर एसोसिएशन महासंघ अछामका उपाध्यक्ष समेत रहेका बोगटीले मास्क १२ सय पिस, हेण्ड सेनिटाईजर १० पिस र एक बल्यांकेट गरेर १६ हजार ७ सय ५० बराबरको सामग्री बयालपाटा अस्पतालका जन संचालन प्रबन्धक प्रकाश ढकाललाई हस्तान्त्ररण गरे । फजुल खर्च गरेर जन्मदिनमा मनाउनु भन्दा सामाजिक कार्य गर्नु उत्तम भएको भन्दै अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको बोटगीले बताए ।

अहिले कोरोना भाईरस कोभिड १९ को बिषम परिस्थितीमा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले बिरामीको उपचारमा खटेर उल्लेख काम गरेको भन्दै बोगटीले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सामाग्री सहयोग गरेको बताए ।

निशुल्क रुपमा अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पतालका जन संचालन प्रबन्धक प्रकाश ढकालले बोगटीलाई जन्मदिनको शुभकामना दिदैँ धन्यवाद समेत ज्ञापन गरेका छन् । ढकालले आगामी दिनमा समेत यस्तै सामाजिक कार्य र्ग प्रेरणा मिलोस् भन्ने समेत कामना गरेका छन् ।