मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब त्रिविले भौतिक उपस्थितिमै कक्षा चलाउने

अब त्रिविले भौतिक उपस्थितिमै कक्षा चलाउने


काठमाडौं- अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा चलाउने भएको छ । 

त्यसकालागि अनुमति लिने देखि क्याम्पसहरु तयार बनाउने कामसम्म भएको त्रिविले जनाएको छ ।

त्रिवि मातहतका  धेरै क्याम्पसबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सक्ने माग गरिएपछि आफूहरूले त्यसका लागि स्वीकृति दिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिए ।

अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेको गुनासो आएकाले संक्रमण अत्यन्त न्यून भएको स्थानमा भौतिक उपस्थितिमै कक्षा चलाउन अनुमति प्रदान गरिएको उनले बताए । 

भौतिक उपस्थितिमा कक्षा सञ्चालन नहुँदा लाखौँ विद्यार्थी उच्च शिक्षाको नियमित अध्ययनबाट वञ्चित भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निचोडमा विश्वविद्यालय पुगेको हो ।

खासगरी विश्वविद्यालय मातहतका स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थी अनलाइनमा जोडिन नसकेका कारण भौतिक रूपमा कक्षा सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको जनाइएको छ ।

विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीको अध्ययन गर्ने स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्नसकेको छैन ।

संक्रमण फैलिएको स्थानमा भने अनलाइन कक्षालाई निरन्तरता दिने त्रिविले जनाएको छ । काठमाडौं उपत्यकासहित मुख्य सहरमा भने अझै अनलाइन कक्षाबाटै पठनपाठन गरिने शिक्षाध्यक्ष भुसालले बताए ।