देशका केही भागमा मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सुदूरपश्चिम, कर्णालीका अधिकांश भूभागमा, प्रदेश ५ र गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही स्थानमा यस्तो बादल विकसित भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उक्त प्रणाली पूर्वतर्फ सर्दैछ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव…