मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा म्याद नाघेका खाद्य बस्तु बजारमा

बाजुरामा म्याद नाघेका खाद्य बस्तु बजारमा


बाजुरा जिल्लाका अधिकांश बजारहरुमा म्याद नाँघेका खाद्य बस्तुहरु बिक्रि हुने गरेका पाइएका छन् । घरेलु विकास समित बाजुराको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ती बस्तुहरु फेला परेको अनुगमन टोलीका सदस्य कोष लेखा नियन्त्रण कार्यलयका लेखापाल धन बहादुर थापाले बताउनु भयो ।

लकडाउनका समयमा कालोबजारी बढेको जनगुनासो आएपछि बजार अनुगमन गरिएको थियो । अनुगमनमा म्याद नागेका खाद्य बस्तुहरु फेला पारेर नष्ट गरेको घरेलु तथा साना विकास समितका प्रमुख मान बहादुर चाटले बताउनु भयो ।

अनुगमनबाट पिठो, चाउचाउ, बिस्कुट, सेन्चुरी मसला, चनाको पिठो, तेल, पेय पर्दाथ चक्लेट लगाएतका सामाग्री बरामद गरिएको टोलीले जनाएको छ । पिठोमा किरा समेत परेको पाइएको छ । प्रायः सामानमा म्याद नाघेका र केही सामानमा धुसी समते लागेका अनुगमन टोलीले जनाएको छ ।