मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


अछाम – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा र आसपासको क्षेत्रमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। देशमा पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु(भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेकोले पश्चिम तराइृमा बर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

देशको पहाडी साथै पश्चिमी भू(भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दिउँसो देशको पश्चिमी भू(भागमा सामान्य बदलि र बाँकि भू(भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशको पश्चिमी भू(भागका केहि स्थानहरूमा र मध्यरपूर्वी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर सामान्य बदली रहने छ। देशको मध्यरपूर्वी भू(भागका केहि स्थानहरूमा र पश्चिमी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै शुक्रबार दिउँसो देशभर बिहानिपख आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागका केहि स्थानहरूमा साथै तराईका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

राती देशको पहाडी भू(भागमा सामान्य बदली भई बाँकि भू(भागमा आंशिक बदली रहनेछ। पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै शनिबार दिउँसो देशभर आंशिक बदलि र दिउँसो पश्चात सामान्य बदली रहनेछ। देशको पश्चिमी र मध्य भू(भागका केहि स्थानहरूमा साथै पूर्वी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

राति देशको पहाडी भू(भागमा सामान्य बदली भई बाँकि भू(भागमा आंशिक बदली रहनेछ। पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।