मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एचआईभि संक्रमित बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण

एचआईभि संक्रमित बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण


अछाम ।

वाक नेपालद्धारा एचआईभि संक्रमित बालबालिकालाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेविमा राहत वितरण सम्पन्न भएको छ ।

वडा नं.२ जाल्पादेविका ८४ घरदुरीका २ सय ७९ परिवारलाई राहत वितरण गरिएको छ । नगरकाबाट भएको सहयोगबाट ३४ घुरघुरीका १ सय १० जनालाई राहत वितरण भएको छ ।

यस्तै वडाका आन्तरिक कोषबाट ५० घुरघुरीका १ सय ६९ जनालाई राहत वितरण गरिएको वडा अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिनुभयो । २२ क्विन्टल चामल, ४ क्विन्टल दाल, ७ पेटी खानेतेल, २ क्विन्टल चिनि, ३ कठ्ठा नून पाँच पेटि सावुन वितरण गरिएको छ ।

यस्तै बयालपाटा अस्पतालमा कार्यरत वडा नं.२ निवासी दिनेश कुमार स्वाँरले २ क्विन्टल चामल १ कठ्ठा नून सहयोग गर्नुभएको छ ।

राहत वितरणमा वडा सदस्य जमुना भूल, वडा सचिव पूर्णराज उपाध्या स्वास्थ्य चौकी प्रमुख रामबहादुर भण्डारी, सहजकर्ता कल्पना स्वाँर लगायतको सहभागिता रहेको थियो ।