मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार ! बिदेश रहेका नागरिक नेपाली हैनन् र ?

सरकार ! बिदेश रहेका नागरिक नेपाली हैनन् र ?


  • बिक्रम परियार

लाग्थ्याे दुःख पर्दा देशले सम्झिने छ देशमा सरकार छ । गरिव, बिपन्न, असाहय, मजदुर वर्गकाे उत्थानका लागि सधै सुखि नेपाली समृध्द नेपालकाे लाेकप्रिय नारा दिदै अाएकाे सरकार यसरी निरीह बन्ला भनेर कल्पना समेत गरेकाे थिएन ।

यस्तै यस्तै पीडा छन प्रदेशिका सायद यतै केहि काम पाईन्थ्याे भने किन जान्थे हाेला अर्काकाे देशमा, ज्याला मजदुरि गर्न , मनभरी पिडा अनि घरका जहान खुसि पार्न सुनाैला सपना बाेकि बिदेशिएका दाजुभाइ यतिबेला बिश्वब्यापी महामारीकाे रुपमा फैलिरहेकाे काेराेना भाईरस अर्थात काेभिड १९ का कारण बिदेशका गल्लि गल्लिमा अलपत्र अनि भाेकभाेकै जिउन बाध्य छन ।

यस्ताे दुखदायि पीडा भाेगिरहेका नेपालिहरुकाे गुनासाे अहिले सुनिदिने काेहि छैन । दिन दिनै हरेक क्षेत्रको ब्यक्ति सँग हामीलाई उध्दार गरियोस भनी हार गुहार गरिरहेका छन । अहिले सम्मको अबस्थामा भारतमा रहेका अाम नेपालिले दिन दिनै कष्टकर जीवन भोगिरहेका छन ।

होटेल, कम्पनि सहित सरकारी कार्यालय तिर काम गर्ने नेपालिको रोजिरोटि खोसिएको छ भने केही बिल्डिगमा चौकादारि गर्ने दाजुभाईको मात्र हातमुख जोडने बाकि छ त्यो पनि कुन दिन खोसिने हो उनिहरुलाई थाहा छैन ।

हुनत याे महामारी बिरुद्ध जुध्न जाे जहाँ छन त्यहि बस्दा स्वास्थकाे हिसाबले राम्राे हुने भनिएकाे छ तथापि जब मानिस सुख सयलमा जीवन बेतित गरिरहेकाे हुन्छ त्याे अवस्थामा मात्रै स्वास्थ्यकाे ख्याल हुने रहेछ अब त राेग भन्दानी भाेक र साेगले मर्ने बेला भयाे भन्छन् अहिले पनि ती बिदेशीएका युवाहरु संग दैनिक जसाे सामाजिक सन्जालका माध्याम फेसबुक, ईमो, वाटसप, भाईबर, टुईटर, ईमेल धलगाएतका सामाजिक संजालमा कुरा भैरहदा उनिहरुकाे एउटै माग छ हामी हाम्राे देश फर्किने अवस्था के छ ? के पहल भइरहेको छ नेपाल सरकार ? हामिलाई जसरी नी नेपाल फर्काईनु पर्छ हामी नेपाल फर्किन चाहान्छाै हाम्रो एकमुठि शास जसरी पनि प्यारो मातृभुमि नेपाल पुगोस उनिहरु भनिरहेका छन ।

भन्न त सरकाले कसैलाई पनि भाेकभाेकै मर्ने स्थित अाउने छैन भन्छ तर भन्नू र गर्नुमा निकै नै फरक रहेछ कसैलाई गार्हाे अप्ठ्यारो परे नेपाली दुवाबासलाई खबर गर्नु त भन्छ तर नेपाली दुताबास कानमा तेल हालेर सुतेकाे गुनासाे गर्छन उनिहरु न त फाेन लाग्छ फाेन लागेपनि फाेन उठ्दैन या अालटाल गरिन्छ खासै चासाे दिईदैन भन्छन ।

अब मेराे मनमा अनेक तरहका प्रश्नहरु उब्जिन थाले हिजाे चुनावका बेला अाफुलाई भाेट खसाल्न अाउनुहाेस भनेर नेपाल फर्काउनु भएको बिर्सेउ के हिजाेका चुनाब मा बेलामा घाेषणा पत्रमा युवाहरुकाे राेजगारिकाे ग्यारेन्टी गरेका छाै भनेकाे बिर्सेउ ? अब कहिले सम्म राजनिति खिचातानि, भागबन्डामा सिमित रहन्छाै त्यसै चुनावकाे नारा मात्र बनाएका हाेैर सुखि नेपाली सम्बृद नेपालिकाे नारा अहिलेकाे दुुई तिहाईकाे सरकारले अलपत्र परेका नेपालिकाे उद्दारमा किन कन्जुस्याइँ गरेकाे हाेला सबैकाे चिन्ता र चासाे बिषय बनिरहेकाे छ ।

यस्तै विषम परिस्थितिमा बाहिर बाट अाउने नागरिकहरुका लागि भनेर देशभरका हरेक स्थानीय तहले हजारौको संख्यामा क्वारेन्टाइनहरु तयार गरिएका छन् । तर ति क्वारेन्टाइमा रहेका सबै जसो बेडहरु भने खाली रहेका छन् । किन उनिहरुलाई आवश्यक चेकजाच गरेर ति क्वारेन्टाइनमा राख्न सकिदैन र सरकार । कि ति क्वारेन्टाइनहरु हामीले यस्तो तयारी गरेका छौ भन्दै मिडियालाई देखाउनका लागि मात्रै बनाए हुन र अाज हजाराै नागरिकहरु सिमा नाकामा भोक भोकै अलपत्र परेका छन, ती नेपाली दाजुभाई कोहि कोहि कन्चपुरको बनबासा पुल पारि छन भने कोहि दार्चुलाको महाकालि पारिछन, कति पीडा छ ती नेपाली दाजुभाईमा अाफनै माटोमा लास जाअोस भनी नदिमा हाम फालेर समेत देश अाईरहेका छन ।

भने लाखाै मानिसहरु घर फर्किने अाशा बाेकि भारतकाे भुमिमा छटपटाई रहेका छन । के अब उनिहरुलाई भाेकै मर्न दिने त ? के अब नेपालिहरु नेपालमै फर्कन नपाएरै राेगले मर्ने हुनत ? के उनिहरुलाई नेपाल फर्काउन पहल नगर्ने त ? फेरि पनि यिनै प्रश्न उब्जिन्छन मनमा अब कुनै पनि हालतमा सुरक्षित तवरले नेपाल सरकारले बिदेशिएका तथा अलपत्र परेका नागरिकलाई नेपाल भित्र्याउनै पर्छ हाेईन भने यसकाे ठुलाे मुल्य चुकाउनु पर्छ ।

कति निरहि छौ हामी पद अनि कुर्सिका लागि लडिरहने लडाई अाखिर कहिले सम्म नि सरकार ! सिमित अौँलामा गनिने बिदेशि नागरिक प्रहरी माथि हात पात गरिरहेका छन तर भारतमा मात्रै ४० लाख बढि नेपाली छन उनिहररु हरेक गल्लिमा भौतारिरहेका छन भारत सरकारलाई नेपाल र नेपाली प्रति कुनै माया र सद्भाव नै छैन उल्टो नेपालको खिचातानिको मौका उठाईदै सिमानाका अाफु तिर तान्ने र सिमानाकामा सडक बिस्तार सहित उदघाटन गरिरहेको छ,

काहा छ हाम्रो देश प्रतिको माया र, खै हाम्रो राष्ट्रवाद यतिबेला देश प्रतिको माया र हरेक नेपालिको उध्दार गर्न हामी कोहि नचुक्कौँ। हामी रहे पो हाम्रो देश रहने वाला, जय नेपालि, जय देश ।

परियार क्रियाशिल पत्रकार सँघ सुदुरपश्चिम प्रदेश सह सचिव तथा रेडियो रामारोशन अछामको कार्यक्रम सँयोजक पदमा कार्यरत हुनुहुन्छ ।