मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हे भगवन गौतम बुद्ध हाम्रो देशबाट कोरोना निर्मुल पारीदेउ

हे भगवन गौतम बुद्ध हाम्रो देशबाट कोरोना निर्मुल पारीदेउ


सेत बहादुर भुल

आज २५६४ औं बुद्ध जयन्ती शान्तिका अग्रदुत एवं एसियाका ताराका रुपमा बिश्वले चिन्ने प्रसिद्ध महामानव गौतम बुद्धको जन्मदिन ।

बैशाख शुक्ल पुर्णिमाकै दिनसोहीदिनमा नेपाल सरकारले कोरोना माहामारीको बिरुद्धको लडाईमा अग्रभागमा खटिनुभएका चिकित्सकहरु, स्वास्थ्यहरुकमीहरु, सुरक्षाकर्मीतथा स्वंमसेवकहरु प्रति उच्च सम्मान संक्रमितको सिघ्र स्वास्थ्य लाभ र कोरोनाका कारण बिश्व भर मृतवरण गर्नु भएकाहरुको शान्तिका लागी बैशाख २५ गते आज सांझ ७ः ०० बजे आफ्नो घर घरमा बसी दिप प्रज्वलन गरि बुद्ध जयन्ती मनाउन अनुरोध गरेको छ ।

प्रत्येक बर्ष धुम्धामका साथ मनाइने बुद्धजयन्ति यस बर्ष कोरोनाको कारणले घरमा मनाउन बाध्य भएका छन । आज बिहान देखी आआफ्नो सामाजिक संजालहरु मार्फत बुद्धजयन्तीको शुभकामना दिदै सम्पुर्ण नागरिकले मन भित्रबाट हे भगवन, महामानव गौतम बुद्ध हाम्रो देशबाट कोरोना लाई निर्मुल पारीदेउ भनेर मनमा प्राथना गर्दै बसिरहेका छन ।

बिश्व कोरोना माहामारीको कारणले आक्रान्त भएका सम्पुर्ण देशका आमनागरिकहरुले त्यो दिनको प्रतिक्षा गरि बसीरहेका छन सुखद समाचार कोभिड १९ को रोकथामको औषधी र नागरीकको सामान्य जीवन शैली निर्वाह गर्ने दिन ।

आज बिश्ब भरी कोरोना माहामारीले आकान्तभएका देशहरु मध्यहाम्रो देश पनि अछुतो रहन सकेन जुन एकै दिनमा धैरै संख्यामा संक्रमित देखा परी रहेका छन । आम नागरिकले आजको दिनमा कामना गरेका छन, प्रसिद्ध महामानव गौतम बुद्धले सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछन ।

साथै अग्रभागमा रहेर स्वास्थ्यस्थितिको बारेमा हरपल स्वास्थ्य सेवा तथा हेरचाह गर्ने महान स्वास्थ्यकर्मीहरु लागिपरेका छन । साथै अन्य नागरीकको पनि ज्यानको सुरक्षा होस देश मामाहामारी नफैलियोस भनी निरन्तर रातदिनभोक निन्द्रा, घामपानी गाह्रो सारो नभनेर सुरक्षाकर्मी लागी रहेका छन ।

तर विभिन्न समयमा तिनै अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वंमसेवकहरु माथि अभद्र व्यावहार गरेका घटना पनि दिन प्रतिदिन आई रहेका छन जुन केही समय अघि स्वास्थ्यकर्मी माथि भएको घटना, यहि दिन अघि नेपालगजंमा नागरीकको जिउको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु माथि गरेको आक्रमण र विभिन्न समयमा केहि व्यक्तिले गरी रहेका अभद्र व्याबहारका कारणले गर्दा हाम्रो देशमा जन्मेका शान्तिको अग्रदुतगौतम बुद्धको सपना पुराहुदैन कि भन्ने आमनागरीकको मानसपटलमा आशंका भईरहेको छ ।

साथै यो संकटको घडीमा सम्पुर्ण राजनितक दलहरुले मिलेर कोरोना रोकथामका लागी एक जुटभएर नेपालबाट कोरोना निर्मुलका लागी ठोस योजना तथा रणनिती तथा कार्यनिति र आमनागरीकले सहज जिवन जिउने वातावरणको लागी निश्चत कार्य योजना ल्याउनु पर्ने ठाउमा शत्ताको खिचातानीको खेलमा दोडिरहेका समाचार सुनी रहेका छन जस्ले गर्दा ३ करोड नेपालीको स्वास्थ्यमाथिको खेलबाड गरि रुहेको देखिन्छ ।

तसर्थ आम नेलालीहरुका लागी यो भन्दा ठुलो बिडम्बना र दुरदसा के होला । त्यसैले हे मेरो देश निमार्णको लागी जिम्मेवारी पाएका महान बौद्धिक व्याक्तिहरु, बिद्धान वर्गहरु किन देशमा शान्ति हैन अराजक्ताबढी रहेको छ ? यो देशका गरिब, दलित, महिला, पछाडि पारेका विपन्न बर्गहरु र आम नागरीकहरुले चाहेको र परिकल्पना गरेको साधारण जिवन शैली विताउने वातारण बनोस हो । देश संकटमा परेका वेला पनि भ्रस्टाचारको गंध आउनु विडम्वनाहो ।

शान्तिचाहेकोछ यँहा अराजक्ता हैन, शुसासनचाहिएको छ यँहाभ्रष्टाचार हैन,देश निमार्ण गर्ने व्याक्तिचाहिएको छ यँहा देश लुटने हैन, शासनचाहेको छ यँहा सासक हैन, फुटेकालाई जुटाउने चाहिएको छ यँहा फुटाउनेहरु हैन, नमिल्नेलाई मिलाउने चाहिएको छ यँहा मिलेकालाई छुटाउने हुन्न र सबैलाई जुटाउने चाहेका छन यहाँ जुटेकालाई फुटाउने फटाहा हैन त्यसैले यो बेला सबै मिले कोरोनालाई निर्मुल पारौ सबैले सबैलाई राम्रो काममा समर्थन गरौं भ्रष्टचारीको बिरोध गरौं हाम्रो देशमा सुख शान्ति कामना गरौं यहि छ २५६४ औं प्रसिद्ध महामानव गौतम बुद्धजयन्तिको शुभकामना ।

सेत बहादुर भुल
अछाम