विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ। नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न डब्लुएचओले खटाएको माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्ट नेतृत्वको टोलीले गरेको अध्ययन रिपोर्टका आधारमा डब्लूएचओले प्रयोगशालाको रिपोर्टहरू विश्वसनिय भएको बताएको हो। सो टोलीले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाको मार्च १३ देखि…