मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड–१९ : हालसम्म नेपालमा ६१० नमूना परीक्षण, दुईमा संक्रमण

कोभिड–१९ : हालसम्म नेपालमा ६१० नमूना परीक्षण, दुईमा संक्रमण


११ चैत, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना (कोभिड–१९) भाइरसबारे जानकारी दिन सामाजिक सञ्जाल भाइबरमा कम्युनिटी सुरु गरेको छ ।

MoHP Nepal COVID-19 नामक कम्युनिटीमा भाइरसबारे जानकारीमूलक सूचना, भिडियो, कोरोनाबारे सरकारका निर्णय लगायत अपलोड गरिएको छ ।

यसमा राखिएको विवरणअनुसार सोमबारसम्म कोरोना भाइरसको आशंकामा नेपालभर ६१० वटा नमूना परीक्षण भएको छ । तीमध्ये दुई वटामा कारोनाको संक्रमण देखिएको छ ।

एक जनाको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने अर्का संक्रमित निको भइसकेका छन् । हालसम्म कोभिड–१९ का कारण विश्वभरका १ सय ८९ मुलुक प्रभावित भएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले एक साताको लकडाउन घोषणा गरेको छ ।