मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडियो रामारोशनले कोरोना भाईरस बिशेष टेलिफोन संवाद गर्ने

रेडियो रामारोशनले कोरोना भाईरस बिशेष टेलिफोन संवाद गर्ने


अछाम – बिश्वमा फैलिरहेको कोरोनाभाईरसको संक्रमणलाई मध्येनजर गर्दै अछाममा कोरोना संक्रमण रोक्नका लागि भईरहेको अभियानलाई साथ दिदै रेडियो रामारोशनले आफु पनि बचौँ अरुलाई पनि बचाऔँ अभियानका साथ कोरोनाभाईरस बिशेष कार्यक्रम टेलिफोन सँवाद कार्यक्रम संञ्चालन गर्ने भएको छ ।

यसका लक्षण, यसबाट बच्ने उपाय सहीत हरेक क्षेत्रबाट यसलाई रोक्नका लागि गरेका राम्रा कामको सबै नागरिलाई जानकारीका साथ रेडियो स्टेशनमा सुरक्षित बसेर टेलिफोनको माध्यामबाट जनप्रतिनीधी, राजनितिज्ञ, सुरक्षा निकाय, स्वास्थ्यकर्मि र सर्वसाधारणसँग केन्द्रित रहेर छलफल गर्ने भएको छ ।

२ जना भन्दा बढि सहभागि हुने सांगितिक कार्यक्रम हाललाई स्थगित गर्दै हाल बिहान साढे ८ बजे देखि ९ बजेसम्म र सो कार्यक्रमको पुनह प्रशारण बेलुकी सवा ८ बजेदेखि संञ्चालन हुदै आएको कार्यक्रम अभियान जारी हुदा सम्म केहि दिनका लागि एकधारे खेललाई स्थगित गर्दै छलफल कार्यक्रम पुुनह प्रशारण गर्ने रेडियो ब्याबस्थापन पक्षले जनाएको छ ।

साथै समुुदायको हितलाई मध्येनजर गर्दै बिहान साढे ११ बजे र दिउसो साढे २ बजे सामुुदायिक सुचना नेटवर्क सिआईएनबाट प्रशारण हुदै आएको कोरोना भाईरसको जोमिबाट हुन सक्ने जोखिम र अपनाउनु पर्ने सावधानिका बिषयमा केन्द्रित साझा खबर समेत प्रशारण गर्दै आईरहेको छ ।