बाजुरा १२ चैत्र– बिश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस( कोबिड १९) को संक्रमण फैलिएको छ । सो रोगको प्रत्यक्ष नेपालमा पनी परिरहेको र सरकारले बिभिन्न उपाय अपनाइरहेको छ ।
तर बाजुरा जिल्लामा केही दिन अगाडी मात्र २० ओटा ब्याड सहितको आइसोलेशन वार्ड बनाउने भनिए पनी गुमनामै रहेको पाईएको छ ।
यतिबेला छिमेकी देश भारत बाट र अन्य जिल्लाबाट मान्छेहरु धमाधम जिल्लामा प्रबेश गरिरहेका छन् । जिल्लामा न कुनै उपकरण नै छन नत कुनै ठाउँमा आइसोलशेन र क्वारेन्टाइनको ब्यबस्था गरिएको गरिएको छ ।
छिमेकी देश भारतबाट बाजुरा आउनेको संख्या दिन प्रतिदिन बढिरहेका बेलामा जिल्लामा कुनै सम्बेदनशिलता अपनाएको देखीदैन नागरिक अगुवाहरुले बताएका छन् ।
![](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t1.15752-9/90514314_504046750273536_5835100735364136960_n.jpg?_nc_cat=109&_nc_sid=b96e70&_nc_ohc=0EFsIA6uB1kAX9eqqqb&_nc_ht=scontent.fktm1-1.fna&oh=5a74c709b733564db01d162d79a71536&oe=5E9EAC57)
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा केही दिन अगाडी बसेको बैठकले जिल्ला समन्वय समिति बाजुराको समिक्षालय हललाई आईसोलेशनको रुपमा प्रयोग गर्ने भनिए पनी हाल सम्म कुनै काम हुन नसकेको नागरिक अगुवाको भनाई रहेको छ ।
प्रतिक्रिया