मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १२ जना बालबालिका सहित ५० जनालाई क्वारेन्टाईनमा राखियो

अछाममा १२ जना बालबालिका सहित ५० जनालाई क्वारेन्टाईनमा राखियो


कमल रावल

कैलालीको गौरीफन्टा नाकाबाट उद्धार गरेर अछाम पुरयाईएका ५० जनालाई मंगलसेनमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको छ ।

नगरपालिकाको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाईन स्थापना गरि अछामका ८ स्थानिय तहका १२ जना बालबालिका, २८ पुरुष र १२ जना महिला गरि ५० जनालाई चेकजाँच सहीत सुरक्षित तरिकाले क्वारेन्टाईनमा राखिएको मंगलसेन नगरपालिकाले जनाएको छ ।

मंगलसेन नगरपालिकाका ११, चौरपाटि गाउपालिकाका १०, कमलबजार नगरपालिकाका ८, ढकारी गाउपालिकाका ८, मेल्लेख गाउपालिकाका ६, साँफेबगर नगरपालिकाका ३, रामारोशन गाउपालिकाका २ र पञ्चदेवल विनायक नगरपालिकाका १ जना रहेका छन् ।

प्रमुुख जिल्ला अधिकारी सहीत जिल्ला अन्य स्थानिय तहका जनप्रतिनीधीसँग समन्वय गरेर सिधैँ मंगलसेन ल्याएर क्वारेन्टाईनमा राखिएकाले सबैजना सुरक्षित रहेका उहाँले जानकारी दिनु भयो ।

भारतबाट आएकाले १४ दिन क्वारेन्टाईनमा बस्न अनिवार्य रहेकाले स्वास्थ्य चेकजाँच, खान बस्न सहीत आवश्यक प्रबन्ध नगरले सबै गरि सकिएकाले आफन्तलाई नआत्तिन समेत बोहराले आग्रह गर्नु भयो ।

यतिबेला विपद परिरहेकाले सबै जिम्मा मंगलसेन नगरपालिकाले लिएकाले आगामि दिनमा जिल्ला विपद ब्याबस्थापन समितीको बैठक गरेर अन्य स्थानिय तहसंग समन्वय गरेर अघि बढ्ने उहाँले बताउनु भयो ।

यसैबिच मंगलसेनको क्वारेन्टाईनमा राखिएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको चिकित्सकले बताएका छन । ५० जनाको नै चेकजाँच गर्दा कोरोनाभाईरसको कुनै लक्षण नदेखिएकाले सुरक्षित क्वारेन्टाईनमा राखिएको जिल्ला अस्पतालका डाक्ट्र अतुुल भारद्धाजले बताउनु भयो ।

१४ दिनसम्म क्वारेन्टाईनमा राख्नुपर्ने भएकाले सो अवधिमा कुनै लक्षण देखिए तुरुन्तै जिल्ला अस्पतालको आईसुलेशन बेडमा राखेर उपचार गरिने उहाँले जानकारी दिनु भयो