काठमाडौं- कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो। कलेजोले रगतमा रहेको बेकार तत्त्वलाई फिल्टर गर्ने काम गर्छ। यसका साथै पित्त नामक एक महत्त्वपूर्ण पाचक रसायन उत्पादन गर्ने काम पनि गर्छ। यसले रगत फिल्टर गर्नेमात्र नभई ग्लाइकोजन नामक तत्त्वका नाममा ऊर्जा भण्डारण गर्ने काम पनि गर्छ। शरीरको यस्तो महत्त्वपूर्ण अंगको रेखदेखमा हामीले लापरबाही गर्नु हुँदैन। कलेजो बिग्रिएमा…