मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम बन्द प्रभाव : चौखुट्टेमा यात्रु अलपत्र

अछाम बन्द प्रभाव : चौखुट्टेमा यात्रु अलपत्र

धनगढी आवतजावतमा समस्या

सुदूर आज

अछाम: अछाम  जिल्लाको बन्दले धनगढी बाट बाजुरा तथा अछाम आउने यात्रुहरूलाई समस्या भएको छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् ।

कुँवरलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्बरका गाडी चालकलाई कारबाही र मृतकका श्रीमती र दुई छोरीको जिम्मा लिनु पर्ने मागसहित अछाममा यातायात ठप्प पारेपछि अछाम बाजुराबाट धनगढी र धनगढी बाट अछाम र बाजुरा आउने यात्रुहरूलाई समस्या भएको छ ।

धनगढीबाट अछाम र बाजुरा आएका सयौँ यात्रुहरू अछामको चौखुट्टेमा अलपत्र परेको बाजुराका कर्णबहादुर महतले बताएका छन् ।

धनगढीबाट आएको २ दिन भयो चौखुट्टेमा सयौँ जना यात्रु अलपत्र छौ, गाडी खुल्ने नखुल्ने अत्तोपत्तो छैन महतले भने । उता बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बाजुराभित्र आउने र जिल्ला बाहिर जाने यात्रुहरूको आवागमन सहज बनाउन समन्वय गरिरहेको बताएका छन् ।