मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिको डोजर सित्तैँमा प्रयोग : ३७ लाख भाडा असुल्न बाँकी

मंगलसेन नगरपालिको डोजर सित्तैँमा प्रयोग : ३७ लाख भाडा असुल्न बाँकी


अछाम : जिल्लाको मंगलसेन नगरपालिकाले डोजर चलाए बापत भाडा रकम असुली नगरेको पाइएको छ ।

नगरपालिकाले एक निर्माण व्यवसायी सँग गरेको सम्झौता अनुसार डोजर चलेबापत ३७ लाख रकम भाडा असुली नगरेको हो ।आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको डोजर प्रयोग गरेका निर्माण व्यवसायीले भाडा समेत दिएका छैनन् ।

एक निर्माण व्यवसायीद्वारा मंगलसेन नगरपालिका ठगिएको छ । छ महिना डोजर प्रयोग गरे बापतको ३७ लाख रकम असुल गर्न नसक्दा सदरमुकाममा रहेको स्थानीय सरकार ठगिनु परेको हो ।

कार्यालयको स्वामित्वमा रहेको डोजर भाडामा प्रयोग गर्न दिए बापत प्रति घण्टा रु २ हजार ४ सय र सोमा ब्रेकर प्रयोग गर्नु परेमा प्रति घण्टा रु ३ हजार ४ सय लिने गरी चित्रे- दय-डाडीमाटी-ढल्ले-ओलिगाउँ – रामारोशन सडक निर्माणका निर्माण व्यवसायी बल बहादुर विष्ट सँग २०७७ माघ ९ मा भएको सम्झौता अनुसार ०७७ माघ १० देखि २०७८ असार ३० सम्म ४३७ घण्टा ब्रेकर र ९३३ घण्टा बकेट प्रयोग गरी सञ्चालन भएको देखिन्छ ।

निर्माण व्यवसायी बल बहादुर विष्टले सम्झौता अनुसार नगरपालिकामा रकम नबुझाएकाले उक्त अवधिको ब्रेकर प्रयोग गरेको भाडा १४ लाख ८५ हजार ८ सय र बकेट प्रयोग गरेको भाडा २२ लाख ३९ हजार २ सय गरी ३७ लाख २५ हजार रकम असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।