मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिका : कानुन विपरीत कानुनी सल्लाहकार

ढकारी गाउँपालिका : कानुन विपरीत कानुनी सल्लाहकार


अछाम: जिल्लाको ढकारी गाउँपालिकाले नियम विपरीत कानुनी सल्लाहकार राखेको पाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न नहुने उल्लेख छ ।

तर ढकारी गाउँपालिकाले कानुनी सल्लाहकारको रूपमा गणेश ढुङ्गानालाई नियुक्त गरी मासिक रु २३ हजार ५ सय का दरले आर्थिक वर्ष ०७७/७८ मा २ लाख ८२ हजार भुक्तानी गरेको छ । 

महालेखा परीक्षकको प्रतिवेदन अनुसार कानुनी सल्लाहकारले गरेको कार्य सम्पादन समेत  गाउँपालिकाले नराखेको पाइएको छ ।