मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिका : हाकिम देखी पिउन सम्म लिन्छन् दोहोरो सुविधा

कमलबजार नगरपालिका : हाकिम देखी पिउन सम्म लिन्छन् दोहोरो सुविधा


अछाम: जिल्लाको कमलबजार नगरपालिकाका कर्मचारीहरूले दोहोरो भत्ता लिएको पाइएको छ । नगरपालिकाका २४ जना कर्मचारीका नाममा आर्थिक वर्ष २०७७/७८ मा भ्रमण भत्ता र स्थानीय भत्ता गरी दोहोरो सुविधाको रकम भुक्तानी भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

नगरपालिकाले भ्रमण खर्च भुक्तानी गर्दा दोहोरो सुविधा नहुने गरी भ्रमणमा खटिने अवधिको स्थानीय भत्ता कट्टा गरी भ्रमण भत्ता बापतको रकम भुक्तानी गर्नु पर्नेमा कमलबजारमा कट्टा नगरी कार्यालय प्रमुख देखि लेखापाल र सबै कर्मचारीले दोहोरो सुविधा लिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

भ्रमण अवधिको स्थानीय भत्ता कट्टा नगरी भ्रमण खर्च भुक्तानी गरेकाले विभिन्न मितिमा कार्यक्रम सञ्चालन तथा अनुगमनमा खटिएका २४ जनाको नाममा दोहोरो सुविधा भुक्तानी भएको ६२ हजार ९ सय ८६ रकम असुल गर्न महालेखापरीक्षकको कार्यालयले भनेको छ । 

दोहोरो सुविधा लिने कार्यालय प्रमुख देखि विभिन्न कर्मचारीको विवरण