मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरको सडक अवरोध प्रहरीद्वारा खोलियो

साँफेबगरको सडक अवरोध प्रहरीद्वारा खोलियो


अछाम: जिल्लाको साँफेबगर नगरपालिकाको सडक बन्द प्रहरीले खोलेको छ । 

बसको ठक्करबाट गम्भीर घाइते भएका साँफेबगरका हेमराज कुँवरको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर अवरोध गरेको सडक खण्ड प्रहरीद्वारा खुल्ला गरिएको हो ।

पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै आइतवरदेखि साँफेबगरको टोटा साल लगायतका ठाउँहरूमा टायर जलाई तथा ढुङ्गा मुढा राखी अवरुद्ध गरेको सडक मङ्गलवार प्रहरी टोली खटिई अवरोध हटाई रोकिएका सवारीसाधन गन्तव्य स्थान तर्फ पठाइएको अछाम प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्ष र पिडक पक्ष बिच वार्ता भइरहेको छ । क्षतिपूर्तिको माग गरेका पीडित पक्षले भने बन्द खुल्ला गरेको कुनै प्रतिक्रिया दिएका छैनन् ।

यही चैत्र १९ गते साँफेबगर नगरपालिका ७ बयलपाटामा बसको ठक्करबाट घाइते भएका हेमराज कुँवरको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो ।