काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । नेता शेखर कोइराला पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् । कोइराला पक्षधर सांसदहरुको हिजोको बैठकमा प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली र माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको…