मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लाई क्यानले कप्तानी दिनुपर्छ : अधिवक्ता घिमिरे

सन्दीप लाई क्यानले कप्तानी दिनुपर्छ : अधिवक्ता घिमिरे


काठमाण्डौ – अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ क्यान ले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई फेरि क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताउनुभएको छ ।

शुक्रवार सुन्धारामा रहेको केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली अवस्थालाई मध्यनजरक्रिकेटको स्तर खस्किरहेको गरेर फेरि कप्तानको रूपमा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानको जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सम्माननीय उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सन्दीप निलम्बनमा परेका हुन्, कारबाहीमा होइन, ऊ जेलबाट छुटिसकेपछि पुनः उसलाई क्यानले कप्तानी दिनुपर्छ । क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ । क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर सन्दीपलाई नेपालको क्याप्टेन बनाउनुपर्छ ।’

अधिवक्ता घिमिरेले आज सन्दीपलाई अदालतले दिएको आदेशका बारेमा आफूले जानकारी गराएको बताउनुभयो । उहाँले उच्च अदालतबाट फाइल जिल्ला अदालतमा जाने र जिल्ला अदालतमा धेरौटी जम्मा गरेर केही आन्तरिक काम पूरा गर्न पुनः कारागारमा जाने र त्यसपछि स्वास्थ्य परीक्षण गरी तारिखकका लागि जिल्ला अदालत पुगेर छुट्ने बताउनुभयो ।

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न हिजो बिहीवार उच्च अदालत पाटनले आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।