देश

दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै

दार्चुला – चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो ।

चुनावको मौका छोपेर तस्करी र आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं ४४ गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले जानकारी दिनुभयाे ।

भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको उहाँले बताउनु भयाे । अहिले सुरक्षा निकायको ध्यान बढी चुनावमै केन्द्रित हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको एसपी विष्टले बताउनु भयाे ।

४४ नंं. गण दार्चुला मातहतमा अहिले ४ वटा बीओपी र १ वटा गुल्म रहेको बताइएको छ । चुनाव नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाइ आपराधिक गतिविधि नियन्त्रण गर्न लागि परेको बताइएकाे छ। जिल्लामा अहिले लाली जोलजीवी दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा दलहरुका प्रचार प्रसारका कार्यक्रम अन्तिम चरणमा
राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल
कमलबजारको जनसागर देख्दा मैले पनि चुनाव जितिसकेको अनुभुती भयो : उपमहासचिव तुलाधार
गठबन्धनको जितको यात्रालाई कुनै दुनियाको ताकतले रोक्न सक्दैन् : महर