मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमसंग सीमा जोडिएको उत्तर प्रदेशमा कोराना संक्रमित फेला

सुदूरपश्चिमसंग सीमा जोडिएको उत्तर प्रदेशमा कोराना संक्रमित फेला


उत्तर प्रदेशको राजधानी लखनऊमा एक महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। क्यानडाबाट लखनऊ आएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको हो। योसँगै भारतमा कोरोना भाइरसका शिकार हुनेहरूको संख्या बढेर ६१ पुगेको छ।

क्यानाडाबाट फर्किएकी यी महिलालाई केजीएमयूको आईसोलेशन वार्डमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसैबीच, कोरोनाको डरले लखनऊमा भारतीय प्रबंधन संस्थान (आईआईएम) को दीक्षान्त समारोह स्थगित गरिएको छ।

यसअघि भारतको उत्तर प्रदेशको गाजियावादमा पनि एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। गाजियाबादका ती व्यक्तिलाई दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा भर्ना गरिएको थियो।