मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई दशक देखि सुचना प्रविधीको क्षेत्रमा क्रियाशिल बिष्टको समुहद्धारा ‘सुदूरआज’ सुरु

दुई दशक देखि सुचना प्रविधीको क्षेत्रमा क्रियाशिल बिष्टको समुहद्धारा ‘सुदूरआज’ सुरु

अनलाईन पत्रिकाको भीँडमा सुदूर आजले फरक पहिचान दिने : अध्यक्ष बिष्ट


२९ फागुन, अछाम ।

बिगत दुई दशक देखि सुचना प्रविधीको क्षेत्रमा अनवरत रुपमा क्रियाशिल दिपकबहादुर बिष्टको समुहले आज देखि अलनाईन पत्रिका सुदूर आजको सुरु गरेको छ ।

दुर दराजको सहयात्रीको स्लोगन दिएर सुदुर मिडिया नेटवर्कको प्रस्तुतीका रुपमा सुदुर आज अनलाईन पत्रिकाको सुरु गरिएको मिडियाका अध्यक्ष बिष्टले बताउनु भयो । आजको यूग सुचना प्रविधिको युग भएको भन्दैँ अध्यक्ष बिष्टले आम नागरिकलाई सुसुचित गराउन अनलाईन पत्रिका सुरु गरिएको बताउनु भयो ।

आफु पनि दुई दशक देखि सुचना प्रविधिको क्षेत्रमा काम गर्दै आईरहेको र समाजका लागि अहिले अनलाईन मिडिया अनिवार्य जस्तै भएकाले आफुहरुको टिमले सुदूर आजको सुरुवात गरेको अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशलाई केन्द्र बनाएर हामिले अनलाईन पत्रिकाको नेतृत्व गरेका छौं तर संचालनको लागि हाम्रो टिम छ अध्यक्ष बिष्टले भन्नु भयो टिमले नै अनलाईन पत्रिका संचालन गर्ने छ ।

विश्वव्यापी रुपमा अहिले तिव्रगतिमा भइरहेको संचारको बिकासले नै आज संसारलाई निकै साँघुरो बनाईसकेको अवस्थामा अनलाईनको भुमिका महत्वपूर्ण भएकाले त्यहि अनुरुप सुदूर आज सुरुवात गरिउको अनलाईनका प्रधान सम्पादक पूर्णबहादुर खड्काले बताउनु भयो ।

देश विदेश संगै बिशेष गरी सुदूरपश्चिम प्रदेशका आम नागरिकलाई सूसुचित गराउने मुख्य उद्देश्य राखेर ‘दुर दराजको सहयात्री’ सुदूर आज डटकम https://sudooraaja.com/ सुरु गरिएको प्रकाशन टिमले जनाएको छ ।

आम नागरिकलाई सूचनाको हक बारे सचेत गराउँदै सार्वजनिक महत्वका सूचना नियमति रुपमा सार्वजनिक गरी आम नागरिकलाई जानकारी गराउने बिषयमा सम्बन्धित पक्षलाई सधैँ घच्घच्याउने काममा अग्रपंतिमा रहने यो अनलाईन पत्रिका संचारका साधनहरुको भीँडमा एउटा फरक पहिचान बोकेको पत्रिका साबित हुने प्रकाशन टिमले बिश्वास लिएको छ ।

स्थानीयस्तरका समस्या पहिचानका साथै समस्या समाधानका उपाय तथा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काममा यो अनलाईन एक सशक्त संचार माध्यमको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

दुर दराजको सहयात्रीको नारा अंगालेको यस अनलाईन पत्रिकाले आम नागरिकलाई सूसुचित गर्नुका साथै शु–साशन र पारदर्शीताका पक्षमा जनचेतनामुलक सामाग्रीको खोजी गरी निष्पक्षतामा अडिग रहेर सामाग्री प्रकाशन गर्ने प्रतिवद्धता समेत गरिएको छ । साथै पाठक बर्गका सकारात्मक सुझावको समेत अपेक्षा गरिएको छ ।

केहि दिन भित्रै औपचारिक कार्यक्रम गरि अनलाईन सुरु गरिने प्रकाशन समुहले जनाएको छ ।