मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ दिने गोष्ठी पन्चदेवल विनायक नगरपालिकामा सुरु

२ दिने गोष्ठी पन्चदेवल विनायक नगरपालिकामा सुरु


फागुन २९ अछाम

स्थानिय एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता सम्बन्धी २ दिने गोष्ठी पन्चदेवल विनायक नगरपालिकामा सुरु भएको छ ।

पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाको अध्यक्षतामा सुुरु भएको गोष्ठिमा नगर क्षेत्र भित्र पोषणको अबस्था, आगामि दिनमा पोषणमा सुधार ल्याउन गर्न सकीने सुधार लगाएत यसले समुदायका लागि गर्ने फाईदा, उद्देश्य औचित्यको बारेमा छलफल हुने बताईएको छ ।

गोष्ठिमा नगर उपप्रमुख अम्बिका चलाउने, प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, सबै शाखाका कर्मचारी, संञ्चारकर्मि, संघ संस्थाका प्रतिनीधीको सहभागिता रहेको छ ।

गोष्ठिको सहजिकरण सुुआहाराका लोक बहादुर नेपाली, नर बहादुर आउजी र सेत बहादुर भुलले गरिरहनु भएको बहुक्षेत्रिय पोषण योजनाका स्वयँसेवक हँशराज अधिकारीले जानकारी दिनु भयो ।