मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमै स्वास्थ्य बिमामा आबद्ध हुने सकिने

बयालपाटा अस्पतालमै स्वास्थ्य बिमामा आबद्ध हुने सकिने

डोटी र डडेलधुरामा पनि स्वास्थ्य बिमा सुभारम्भ


पूर्ण बहादुर खड्का, ३० फागुन अछाम /

जिल्लाको बयालपाटा अस्पतालबाट समेत स्वास्थ्य बिमा गर्न सकिने भएको छ । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बयालपाटा अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले स्वास्थ्य बिमामा आवद्ध हुने सकिने जनाएको हो ।

जिल्लाका सबै स्थानिय तहका हरेक वडामा स्वास्थ्य बिमा दर्ता सहयोगीले बिमा गराईरहेका छन् भने अब सेवाग्राहीलाई समेत सहज होस भन्ने हेतुले बयालपाटा अस्पतामा समेत स्वास्थ्य बिमामा आवद्ध हुन सकिने भएको हो ।

अस्पालमा आउने बिरामीलाई स्वास्थ्य बिमामा आवद्ध हुन सहज होस भन्ने हेतुले अस्पतालले राष्ट्रिय स्वास्थ्य बिमा बोर्डसंग सहकार्य गरेर बिमा दर्ता गराउने बयालपाटा अस्पतालका सहायक मेडिकल निर्देशक डाक्टर पवन कुमार अग्रवालले बताउनु भयो ।

आउने आईतबार देखि स्वास्थ्य बिमामा आवद्ध नभएका जो कोहीले राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको बिमांक ३५ सय प्रिमियम तिरेर दर्ता गराउन सक्नेछन् ।

बयालपाटा अस्पतालले खटाएको दर्ता प्रतिनिधीले स्वास्थ्य बिमामा आवद्ध गराउने छन् । ३५ सय प्रिमियम तिरेबाफत एक घरका ५ जनाले १ लाख बराबरको निशुल्क स्वास्थ्य उपचार पाउने राष्ट्रिय स्वास्थ्य बिमाको निति छ ।

सुदूरपश्चिममा स्वास्थ्य बिमामा आवद्ध हुनेको संख्या ढाई लाख भन्दा बढी

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा आवद्ध हुनेको संख्या २ लाख ६४ हजार ८ सय ८३ जना पुगेको छ । यस प्रदेशका डोटी र डडेलधुरा बाहेकका ७ जिल्लाको तथ्यांक अनुसार उक्त संख्या बिमित भएका सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका संयोजक जनकबहादुर साँउदले बताउनु भयो ।

सबै भन्दा बढी यस प्रदेशको कैलालीमा १ लाख ४१ हजार ६ सय ३७ जना र कम दार्चुलामा ६ हजार ७ सय १० जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् । अछाममा ३० हजार २ सय ३८ जना, बैतडीमा १४ हजार ३ सय १२, बझांगमा ३१ हजार ९ सय ११, बाजुरामा २७ हजार ६ सय ५२, कञ्चनपुरमा १२ हजार ४ सय २ जना राष्ट्रिय स्वास्थ्य बिमामा आवद्ध भएका राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

डोटी र डडेलधुरामा पनि सुभारम्भ

सुदूरपश्चिम प्रदेशको राष्ट्रिय स्वास्थ्य बिमा लागु हुन बाँकी रहेका दुई जिल्ला डडेलधुरा र डोटीमा समेत स्वास्थ्य बिमा सुभारम्भ गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका अनुसार सुभारम्भ पश्चात डोटीका स्थानिय तहका ६५ वडा र डडेलधुराका ५२ वटै वडामा दर्ता सहयागी छनोट गरी तालिम दिएर वडामा खटाईएको छ ।

दर्ता सहयोगीले फारम जम्मा गरी राष्ट्रिय स्वास्थ्य बिमामा आवद्ध गराउने काम सुरु भईसकेको छ भने बिमित भएकाहरुले आउने जेठ १ देखि सेवा लिन सक्ने सुदूरपश्चिम प्रदेश राष्ट्रिय स्वास्थ्य बिमा बोर्डका संयोजक जनकबहादुर साँउदले बताउनु भयो ।