मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यावसायिक रुपमा फोटो पत्रकारीता गर्नुपर्ने : प्रेस यूनियन केन्द्रिय सदस्य कुवँर

व्यावसायिक रुपमा फोटो पत्रकारीता गर्नुपर्ने : प्रेस यूनियन केन्द्रिय सदस्य कुवँर

फोटो पत्रकार महासंघ अछामले जिल्लाका धार्मिक, पर्यटकिय तथा प्राचिन सम्पदाको फोटो संकलन गर्ने


पूर्णबहादुर खड्का, १ चैत्र अछाम ।

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार साँफेबगरमा सम्पन्न बैठकले अछाम जिल्लाका धार्मिक, पर्यटकिय तथा प्राचिन पुरातात्तिक सम्पदाका अछाम चिनाउने फोटो संकलन गर्ने निर्णय गरेको छ ।

अछामको पर्यटन प्रर्बदनमा टेवा पुगोस र जिल्लाका पहिचान बोकेका सम्पदाहरु सबै सामु चिनाउने उद्देश्यले फोटो संकलन गर्ने निर्णय गरिएको हो । नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष धिरेन्द्र कुवँरको अध्यक्षतामा बसेको बैठकले १० जनालाई महासंघको कार्यसमितिमा मनोनित गरेको छ ।

साथै बैठकले फोटो पत्रकार महासंघ अछाममा आबद्ध सदस्यहरु बाट केन्द्रको सर्कुलर अनुसार सदस्यता शुल्क लिने निर्णय समेत गरिएको महासंघका महासचिव पूर्णबहादुर खड्काले बताउनु भयो ।

बैठकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका पूर्व अध्यक्ष तथा नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँर प्रमुख अथिति रहनु भएको थियो । प्रमुख अथिति कुवँरले हालै गठन भएको फोटो पत्रकार महासंघले जिल्लामा व्यावसायिक रुपमा फोटो पत्रकारीता सम्बन्धी कार्यक्रम गर्नुपर्ने सुझाब दिनुभयो ।

जिल्लाको प्राचिन लगायतका धार्मिक महत्वका सम्पदाहरु लोप हुदैँ गएको अवस्थामा यनिहरुको पहिचान कायम गर्न फोटो संकलन गरि राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्री सहति कार्यसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।