मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो चरणको खोप – अछाममा ३१ हजार बढी बालवालीका लाई दादुरा–रुबेला बिरुद्ध खोप लगाइदै

पहिलो चरणको खोप – अछाममा ३१ हजार बढी बालवालीका लाई दादुरा–रुबेला बिरुद्ध खोप लगाइदै

दोस्रो चरणको खोप अभियान चैत १४ देखि सञ्चालन हुने


अछाम जिल्लामा दादुरा–रुबेला बिरुद्ध पहीलो चरणको खोप शनिबारबाट सञ्चालन भएको छ ।

पहिलो चरण अन्तरगत शनिबार देखि यही चैत ९ गते सम्म चौरपाटी गाउपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तु्र्माखाद गाउँपालिका, र पञ्चदेवल विनायक नगरपालिकाका सम्पुर्ण वडाहरुमा खोप अभियान सञ्चालन भएको छ ।

जन्मेको ९ महिना देखी ५ बर्ष सम्मका सम्पुर्ण बालवालिकालाई खोप लगाउने उद्देश्यका साथ दादुरा–रुबेला बिरुद्ध खोप सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख तथा जिल्ला खोप समन्वय समिती अछामका प्रमुख झनक ढुङ्गानाले जानकारी दिनु भयो ।

जिल्लाका जन्मेको ९ महिना देखी ५ बर्ष सम्मका ३१ हजार ३ सय बालवालीका रहेका र सबै बालवालीकालाई नछुटायर खोप लगाईने उहाले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय अछामले अभियान सफल पार्न सबै अभीभावकहरुलाई अनुरोध समेत गरेको छ ।

दोस्रो चरण अन्तरगत खोप अभियान चैत १४ गते देखि २२ गते सम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा साफेबगर नगरपालिका, मंगलसैन नगरपालिका, कमलबजार र मेल्लेख गाउँपालीकाका सम्पुर्ण वडाहरुमा सञ्चालन हुने स्वास्थ्य प्रमुख ढुङ्गानाले बताउनुभयो ।