मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असिना पानीले हिँउदे बालीमा क्षेती

असिना पानीले हिँउदे बालीमा क्षेती


पदमबहादुर सिंह, बाजुरा /

बाजुरा जिल्लाका दक्षिणी क्षेत्रको भुभागमा पाक्नै लागेको हिउदे बाली असिना पानीले नष्ट पारेको छ । शनिबार साझ करिब एक घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकिसकेको जौ, तरकारी तथा फलफुल लगाएकका बालीमा क्षेति पुगेको बुढीगंगा नगरपालिका ९ का किसान जनक सिंहले जानकारी दिए ।

बाजुरा जिल्लाका दक्षिण क्षेत्र बुढीगंगा नगरपालिका, त्रिबेणी नगरपालिका र खप्तड छेडेदह गाउपालिकामा चैत्रको पहिलो हप्ताबाट जौ बाली भिर्याउने गरेका छन् ।

बाजुरासंगै सिमाना जोडीएका अछाम जिल्लाका मेल्लेख गाउपालिका,साफेबगर नगरपालिकाको बाल्ला क्षेत्रका केही वडा लगाएका किसानहरुको समेत बाली नष्ट भएको किसनाहरुले जानकारी दिएका छन् ।

पानी र ठूला–ठूला दानासहित परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति र्पुयाएको बुढिगगा ९ का स्थानिय शिक्षक डम्बरबहादुर सिहले वताएका छन् । दिउँसो १ बजेपछि एकाएक मौसम बदली भई साझ पख असिना पानी सहति हुरीले जनजीबन अस्तब्यस्त पारेको हो ।

गहुँबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिएको बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति र्पुयाएपछि किसानहरू चिन्तित छन् । बीउ उत्पादनका लागि समेत लगाइएको गहुँमा क्षति पुगेको स्थानीय बताउँछन् ।

तरकारी र गहुँजौको नलमा रसै निस्कीने गरी क्षति पुगेको बुढीगंगा नगरपालिका गोमती कटुवालले बताएकी छन् । असिनाले गहुँ बारीहरु एकातिर पल्टीरहेको अवस्था छ । कुनै स्थानमा असिनाले नल पराल समेत नरहने गरी क्षति र्पुयाएको छ ।

खेतमा हेर्दा किसानले सुस्केरा हाल्नु बाहेक केहि नभएको किसानको किसान बताछन् । जिल्लाका अन्य स्थानीय तहमा जेष्ठ र असारसम्म गहूँ बाली पाक्ने गरेपनि त्रिवेणी, बुढीगंगासहित स्थानीय तहमा चैत्रको अन्तिममा नै काट्न थाल्ने गरेका छन् ।

बेशी क्षेत्र र बढी उत्पादन हुने क्षेत्रका रुपमा पनि लिने गरिएको छ । कृषि ज्ञान केन्द्रले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रका भारी असिना परेको बताएको छ ।

असिना पानीले क्षेति गरेको छ । कुन स्थानिय तहमा के कति क्षेति भएको भन्ने डाटा आई नसकेको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराका प्रशार अधिकृत्त मीनप्रशाद जैशीले बताए । कुनै एक भुगोलमा मात्र क्षेति भएको भए आज भोली नै आउन सक्थ्यो तीन ओटा स्थानीय तहमा लगाईएको बाली पुरै सखाप भएको छ डाटा आउन समय लाग्ने जैशीले बताए ।

आजै सम्बन्धित सस्थानिय तहलाई डाटा संकलनका लागी पत्राचार र टेलिफोन मार्फत जानकारी गराएको उनले बताए । सम्भब त धेरै लामो समय पछिको ठुलै क्षेति भएको छ । एकीन डाटा आएपछि बताउने उनले बताए ।

बुढीगंगा नगरपालिकाका कृर्षि शाखा प्रमुख दीपक थापाले पूरै नगरपालिकामा लगाईएको हिउदे वाली तरकारी तथा फलफूमा ठुलो क्षेति भएको छ । के कति क्षेति भएको भन्ने बारे आजबाट प्रारम्भिक अध्यान सुरु गरिएको बताए । डाटा केही दिनमै संकलन आउने उनले बताए ।

नगरपालिकाका दश ओटै ओटाहरुलाई डाटा संकलनको लागी जानकारी गराईएको र नगरपालिकामा उपलब्ध कर्मचारीहरुलाई समेत आज बाटै डाटा संकलनको लागी खटाईएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक शाहले बताए ।