मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस्तीमा भएको एकीकृत जनस्वास्थ्य शिबिरबाट ८ सय बढिले सेवा लिए

बस्तीमा भएको एकीकृत जनस्वास्थ्य शिबिरबाट ८ सय बढिले सेवा लिए


कमल रावल, अछाम /

मंगलसेन नगरपालिकाको सबै भन्दा दुुर्गममा रहेको वडा नम्बर १३ बस्तीमा भएको एकीकृत जनस्वास्थ्य अभियान २०७६ कार्यक्रम अन्र्तगत वडाका झण्डै ८ सय बढि नागरिकले सेवा लिएका छन । मंगलसेन नगरपालिकाले अघि सारेको दुर्गमका जनतालाई राहत हुने कामको अभियान अन्र्तगत बाणा र बस्तीमा भएको शिबिरमा सबै बालबालिका, युवा, युवती, बृद्ध गरि ८ सय ११ जनाले सेवा पाएका बताईएको छ ।

जसअन्र्तगत ३९ जना गर्भवती आमाको भिडियो एक्सरे, ३० वर्ष देखि माथिका महिलाको पाठेघरको क्यान्सर जाँच VIA सेवा १ सय १३ जना, संक्कास्पद क्षयरोग खकारको नमुना संकलन ७९ जना, जनतासंग डाक्टर कार्यक्रम अनुसार अछाम अस्पतालका मेडिकल अधिकृत डाक्टरबाट ४ सय ७४ जनाले सामान्य स्वास्थ्य सेवा बारे जानकारी लिएका मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब चन्द्र ढुुगाँनाले बताउनु भयो ।

त्यसैगरि ८६ जना किशोरीलाई महिनावारी सरसफाई बारे जानकारी र २० जनालाई HIV/TB सम्बन्धी लान्छना र भेदभाव न्युनिकरण बारे सचेतना जगाईएको उहाँले बताउनु भयो । यसरी जिल्ला अस्पतालबाट डाक्ट्र सहीत नगरपालिकाको स्वास्थ्य शाखाको टिम नै बस्तीमा पुुगेर नागरिकलाई सेवा दिएपछि निकै हर्षित भएका स्वास्थ्य शाखा सँयोजक मान बहादुर सोडारीले बताउनु भयो ।

आफु सामान्य बिरामी हुदा समेत ४र५ घण्टा पैदल हिडेर मंगलसेन पुुगेर सेवा लिने समस्यालाई मध्येनजर गर्दै नगरपालिकाले दुुर्गमका नागरिकको पिडा बुुझेर शिबिर गरेकाले आगामि दिनमा समेत निरन्तरता दिनुु पर्नेमा स्थानियको जोड रहेको छ ।

त्यसअघि फागुन ३० गते नगर प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख सरिता उपाध्याय लगाएत जनप्रतीनीधी, कर्मचारी लगाएतको टोलिले बस्तीमा सडक पुुगेपछि गाडी नै पुरयाएर सडकको उदघाट्न गरेका थिए ।