मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा मिस नेपालका लागि अडिसन हुने

धनगढीमा मिस नेपालका लागि अडिसन हुने


धनगढी: द हिडन ट्रेजर नेपालले मिस नेपालका लागि मंगलबार धनगढीमा अडिसन गर्ने भएको छ। धनगढीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपालको आयोजक द हिडन ट्रेजरले उक्त कुराको जानकारी दिएको छ।

द हिडन ट्रेजरका डिरेक्टर अजय सिजापतीले अडिसनमा भाग लिनको लागि कुनै शुल्क नलाग्ने भन्दै भोलिदेखी धनगढीका विभिन्न कलेजहरुमा साक्षरता गर्ने बताए। उनले मिस नेपाल अडिसनका लागि प्लस टु पास गरेको हुनु पर्ने भन्दै १८ बर्ष उमेर पुगेको र उचाइ ५ फिट ४ इन्च हुनु पर्ने बताए। 

आफ्नो २५औ वर्षदिन समेत मनाइ रहेको द हिडन ट्रेजरले मिस नेपाल हुनेले २ लाख ५० हजार रुपैया पाउने बताउदै संगै विभिन्न अवसर समेत दिइने बताए। पत्रकार सम्मेलनमा बोल्दै २०१६ कि मिस नेपाल इन्टरनेशनल वर्षा लेखिले मिस नेपाल प्रतियोगिताले आफू भित्र लुकेर बसेको क्षमतालाई निखार्ने बताइन। उनले यो प्रतियोगितालाई सुन्दरता संग मात्रै नहेरेर उ भित्र रहेको क्षमतालाई समेत प्रस्फुटन गर्ने बताइन।

मिस नेपाल अडिसनका लागि धनगढीमा रहेको अप इन्टरटेनमेन्ट इन्टरनेशनल प्रालिले जिम्मेवारी पाएको छ। – दिनेश खबर बाट