मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात समूहद्धारा जगन्नाथ गाउपालिकाको गेटमै बम बिस्पोट

अज्ञात समूहद्धारा जगन्नाथ गाउपालिकाको गेटमै बम बिस्पोट


पदम बहादुर सिंह, बाजुरा

जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको गेट नजिकै बम बिस्पोर्ट भएको छ । हिजो राति साढे एक बजे गाउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्पोर्ट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रशाद भट्राईका अनुसार गाउपालिका भन्दा केही पर पट्केको अपुष्ट खबर आएको छ । प्रहरी चौकी जुडीमा फोन सम्पर्क नभएकोले पूर्ण जानकारी नआईसकेको उनले बताए ।

बम बम बिस्पोर्टबाट क्षेति कुनै नभएपनि स्थानियहरु त्रसित बनेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।

गाउपालिकाको गेटको आडैमा जुडी प्रहरी चौकी छ । गेट नजिकै आएर बम बिस्पोट भएपनि सुरक्षा फितलो भएको भान स्थानियहरुको रहेको छ ।

बम कस्ले किन के को लागी बिस्पोट गरेको कुनै जानकारी नभएको डिएपी भट्राईले बताए । यसबारे थप अनुसन्धान भईरहेको उनले बताए ।