मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको पूर्वी नाका कर्णाली बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना

अछामको पूर्वी नाका कर्णाली बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना


अछाम – संसारभरी फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन अछाम जिल्लाको पूर्वी सिमाना बेलखेतमा पनि ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।

जिल्ला दैविप्रकोप व्यवस्थापन समिती अछाम, स्वास्थ्य कार्यालय अछाम, समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजनामा बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी बेलखेतमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको पन्चदेवल विनायक नगरपालिका स्वास्थ्य शाखा सँयोजक लक्ष्मिकान्त बजगाँईले जानकारी दिनुभयो ।
अछामको पूर्वी क्षेत्रमा भित्रिने यात्रुको सामान्य चेकजाँच गर्नुका साथै स्वास्थ्य सम्बन्धी जानकारी दिने स्वास्थ्य शाखाका सह सँयोजक जनक बहादुर वुढाले बताउनुभयो ।

मंगलबारबाट सञ्चालन गरिएको हेल्थ डेस्कमा एक जना एच.ए र एक जना स्टाफ नर्स गरी २ जना स्वास्थ्यकर्मीलाई खटाएको समेत उहाँले जानकारी दिनुभयो ।

हेल्थ डेस्कमा शंकास्पद बिरामी फेला परे थप अनुसन्धान र उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने उहाँको भनाई रहेको छ ।

हेल्थ डेस्क स्थापना कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुँवर, पन्चदेवल विनायक नगरपालिकाका नगर उप प्रमुख अम्बिका चलाउने, अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुँगाना, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख दिपक भारती, स्वास्थ्य शाखाका सँयोजक लक्ष्मिकान्त बजगाँई लगायतको लगायतको सहभागिता रहेको थियो ।